टोकियो । नेकपाको पुन एकता जोगाई राख्न बामदेब गौतमको नेतृत्वमा बनेको कमिटीले पूर्णता पाएको छ । एकता अभियान ६६७ केन्द्रीय सदस्य निर्माण गरि पूर्णता पाएको हो ।
उक्त एकता अभियानमा जापानबाट ४ जना केन्द्रीय सदस्यमा मनोनित हुनु भएको छ ।
जापानबाट एकता अभियानमा केन्द्रीय सदस्यमा बाबुराम भण्डारी,सिद्धार्थ श्रेष्ठ,हरि सापकोटा,रमेश भण्डारी चयन हुनुभएको हो । केन्द्रीय सदस्य सिद्धार्थ श्रेष्ठका अनुसार नेकपा एकता अभियान एकताको दवाव दिन टिम बनेकोले उक्त अभियानमा आबद्ध भएको जानकारी दिनुभयो ।
सहसंयोजकमा हरि पराजुली रहेका छन् भने सचिवमा बाबुराम थापा छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया