रामेछाप । जिल्ला युवा समिति रामेछापको अध्यक्षमा पुनः प्रकाशकुमार कार्की नियुक्त भएका छन् ।
युवा तथा खेलकुद मन्त्रालय अन्तर्ग रहेको राष्ट्रिय युवा परिषदको बोर्ड बैठकले कार्कीलाई पुनः समितिको अध्यक्ष बनाउने निर्णय गरेको हो ।
नेकपा ओली समुह रामेछापका सचिवालय सदस्य समेत रहेका कार्की यसअघि २०७३ देखि ०७७ साउनसम्म जिल्ला युवा समिति रामेछापको अध्यक्ष भएर काम गरेका थिए । कार्कीलाई आगामी चार बर्षको लागि नियुक्ति गरिएको जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया