सपनाको चरित्रहत्या गर्ने बिनयजंग बस्नेत नयाँ बसपार्कबाट पक्राउ

काठमाडौं । सपना रोका मगरको चरित्रहत्या गरेको र सार्वजनिकरुपमा धम्की दिएको आरोपमा प्रहरीले बिनयजंग बस्नेतलाई पक्राउ गरेको छ ।

बीबीसीको विश्वकै शक्तिशाली महिलाको सूचीमा परेकी सपना रोका मगरको चरित्रहत्या गरेको र सार्वजनिकरुपमा धम्की दिएको आरोपमा प्रहरीले बिनयजंग बस्नेतलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई सपनाको उजुरीका आधारमा पक्राउ गरिएको जनाएको छ । नयाँ बसपार्कबाट उनलाई भर्खरै मात्र पक्राउ गरिएको छ ।

पशुपति आर्यघाटमा बेवारिसे शव जलाएर चर्चामा आएका दुवैजनाबीच सपना बीबीसीको सूचीमा परेपछि मनमुटाव भएको थियो । बस्नेत बिभिन्न विषयमा युट्युब च्यानलमा उत्तेजक र भ्रामक वक्तव्यबाजी दिएर भाइरल हुन खोजिरहेका व्यक्ति हुन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया