अन्तर्राष्ट्रिय बागलुङ समाजको केन्द्रिय कार्यालय बागलुङ नगरपालिकामैं स्थापना

जापान । बागलुङ जिल्लाबाट अध्यन,व्यवसाय र कामको सिलसिलामा विश्वको बिभिन्न देशमा छरिएर रहेका बागलुङेहरूको छाता संगठन अन्तर्राष्ट्रिस बागलुङ समाजले बागलुङ नगरपालिका वडा नम्बर ४ रमेटारमा आफ्नो केन्द्रिय कार्यालयको स्थापना गरेको छ ।
अवको केही समय देखी नै बिभिन्न क्षेत्रमा गर्ने उद्धेस्य राखेको र काम गर्नलाई सहज होस भनि यो कार्यालय स्थापना गरेको समाजका महासचिव देव पौडेल देवुले जानकारी दिनुभयो ।

समाजले निकट भविष्यमा नै अन्तरपालिका भलिबल प्रतियोगिता,अक्ष्यकोषको स्थापना र आपतकालिन कोष पनि स्थापना गर्ने जनाएको छ ।
आपतकालिन कोषबाट दैवी प्रकोप आँउदा र त्यसबाट पिडीत हुनेहरूलाई सहयोग गर्ने समाजका अध्यक्ष एकराज गिरीले जानकारी दिनु भयो । कार्यालय स्थापना गर्नका लागि खटिनु हुने सचिव दिपेन्द्र आचार्य र सुर्य हमाललाई समाजले धन्यबाद ज्ञापन गरेको छ ।
कार्यालयमा हाल एक जना कर्मचारी रहने र हरेक काम पनि कार्यालयको माताहतबाट गरिने सचिव आचार्यले बताउनु भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया