काठमाडौं । प्रनिनिधिसभा विघटन बदर गर्ने निर्णय गरेर सर्वोच्च अदालतले पुनः आफू सक्षम र सबल भएको प्रमाणित गरेको संविधानविद् भीमार्जुन आचार्यले टिप्पणी गरेका छन् ।
आदालतले एकपटक फेरि आफू सक्षम र सबल छु भन्ने कुरा प्रमाणित गर्यो,’आचार्यले भने, ‘कार्यपालिका र व्यवस्थापिकाभन्दा न्यायापालिका पृथक छ । संविधानको कसैले उल्लंघन गर्यो भने हामी चेक गर्न सक्छौं, नियन्त्रण गर्न सक्छौं । र, यो मुलुक संवैधानिक सर्वोच्चताको हो भन्ने देखायो ।
उसंविधानविद् आचार्यले आफूले न्यायालयको यो साहसलाई कदर गर्ने बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया