संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला स्वागत गर्छौ : कांग्रेस सभापति देउवा

काठमाडौं । संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वागत गरेका छन् ।

देउवाले मंगलबार प्रेस विज्ञिप्त जारी गर्दै भनेका छन्, ‘नेपाली कांग्रेस विघटित प्रतिनिधि सभा पुनर्स्थापना हुने गरी सम्मानीत सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गर्दछ ।

देउवाले प्रतिनिधि सभा विघटन गरेको घटनालाई नेपाली कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको पनि स्मरण गराएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया