काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टी एकताका लागि अपिल गरेका छन् । प्रतिनिधिसभा पुनःस्थापनापछिको परिस्थितिलाई ध्यान दिँदै नेता रिजालले पार्टी एकताका लागि अपिल गरेका हुन् ।
उनले भनेका छन्, ‘सर्वोच्च अदालतको फैसला र निर्वाचन आयोगको अलमलले नेकपाका नेताहरूलाई फेरि एकपटक ठण्डा दिमागले सोच्ने मौका दिएको छ ।’
धेरै बिग्रिए पनि अन्तिम पटाक्षेप हुन बॉकी नै भएकाले एकताका लागि आ–आफ्नो ठाउँबाट सोच्ने र योगदान गर्ने बेला आएको भन्दै उनले आवेग, उत्तेजना र अहम् क्षणिक हुन् भने देश, पार्टी र युवा पुस्ताको भविष्य दीर्घकालीन हो भनेका छन् ।
पछिल्ला घटनाबाट पाठ सिक्दै सबै नेताहरुले आ–आफ्ना सीमा र सवलता बुझ्न सक्दा नेकपा एकीकृत रूपमा अघि बढ्न सक्ने उनको ठम्याई छ । उनले भनेका छन्, ‘हारेको सिपाहीले सजगतापूर्वक लड्छ भनेझैं एकता विथोलिएको देखे–भोगेका नेता–कार्यकर्ताले आगामी दिनमा सजगतापूर्वक एकता बचाउन सक्छन् ।‚
कालो वादलमा पनि चॉदीको घेरा हुन्छ । सर्वोच्च अदालतको फैसला र निर्वाचन आयोगको अलमलले नेकपाका नेताहरूलाई फेरि एकपटक ठण्डा दिमागले सोच्ने मौका दिएको छ । धेरै बिग्रिए पनि अन्तिम पटाक्षेप हुन बॉकी नै भएकाले एकताका लागि आ-आफ्नो ठाउँबाट सोच्ने र योगदान गर्ने वेला आएको बताएक छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया