काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार कुनै पनि विषयमा विचलित नहुने बताएका न्छ ।
साधना कला केन्द्र र नेपाल साङ्गीतिक सङ्घले वरिष्ठ संगीतकार स्वर्गीय अमर गुरुङको ८३औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा सञ्चारमन्त्री गुरुङले वर्तमान सरकार कुनै पनि विषयमा विचलित नभई काम गर्ने बताएका हुन् ।
“प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विचलित हुने छैन”, सरकारका प्रवक्ता गुरुङले भने, “राष्ट्र र राष्ट्रिताका लागि मुलुकलाई सही निकास दिने र गन्तव्यमा पु¥याउने काम गर्नेछ ।” उनले राष्ट्रको विकास, समृद्धि र रुपान्तरणका लागि आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न आग्रहसमेत गरे ।
प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाप्रति सम्मान व्यक्त गर्दै मन्त्री गुरुङले भने “फैसलाप्रति हाम्रो सम्मान छ, विघटन सदर भएको भए अप्रिय घटना हुने जस्ता आंकलन पनि भएका थिए, तर हामी जे फैसला भए पनि मानेर जाने पक्षका हौँ ।”
छिमेकी राष्ट्रहरु विकासको तीव्रगतिमा अघि बढेको स्मरण गराउँदै उहाँले नेपालको विकास र समृतिका लागि वर्तमान सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे ।
सो अवसरमा स्वर्गीय गुरुङका जेठा छोरा तथा विश्वविख्यात गीतारवाधक किशोर गुरुङद्वारा लिखित गुरुङ जातिको मौलिक परम्परागत ‘घाटु नृत्य’ नामक कृतिको विमोचनसमेत मन्त्री गुरुङले गरेका थिए। उक्त अवसरमा वरिष्ठ संगीतका स्व।गुरुङको सम्मानमा विभिन्न साङ्गितीक प्रस्तुतीसमेत प्रस्तुत गरिएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया