काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्वकीय अधिकृत वीरु तामाङलाई हटाएका छन् । गृह मन्त्रालयको सचिवालयमा बसेर ननेकपा अध्यक्ष प्रचण्ड समूहसँग पदको बार्गेनिङ गरेको आरोपमा बादलले तामाङलाई हटाएका हुन् ।
गृहमन्त्री बादलले सचिवालयमा बसेर प्रचण्डसँग पदको बार्गेनिङ गर्ने र युवा संघको एकता भाड्ने काम गरेको आरोप तामाङमाथि लगाएका छन् । तामाङमाथि युवा संघको एकता हुन नदिएको आरोप समेत लागेको छ ।
पुस ५ गते प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ ।
एउटा समूहको नेतृत्व प्रचण्ड–नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व ओलीले गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया