ताप्लेजुङको दोभान बजारमा लागेको आगोबाट हालसम्म ४७ घर जलेर नष्ट

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा लागेको आगोबाट हालसम्म ४७ घर जलेर नष्ट भएको छ ।
मंगलबार बिहान करिब ढे ९ बजेदेखि शुरू भएको आगो क्रमशस् नियन्त्रणउन्मुख भएको ताप्लेजुङकी सहायक प्रजिअ गायत्रा अधिकारी खड्काले बताइन् ।

अहिलेसम्म ४७ घर जलेको छ । भाडामा बसेका ३२ परिवारको विचल्ली भएको छ । केही चौपायामा क्षति पुगेको छ । मानवीय क्षति भने भएको छैन ।

दमकल र सुरक्षाकर्मीको सहायताले आगो नियन्त्रणतर्फ पुगेको छ । आगलागीको कारण भने अहिलेसम्म यकिन भइसकेको छैन ।

मेरिङ्देन गाउँपालिका-३ आठराइ त्रिवेणी गाउँपालिकाको संगम क्षेत्रमा पर्ने दोभान बजार ताप्लेजुङको दोस्रो व्यापारिक केन्द्र हो । अधिकांस घर काठ र टिनबाट बनाइएका कच्ची भएकोले क्षति बढी भएको बताइएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया