विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ लाख ५९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९ हजार १ सय भन्दाबढीको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २५ लाख ५९ हजार २७० पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ३ लाख ५९ हजार ८ सय भन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ११ करोड ५२ लाख ८३ हजार ४७६ पुगेको छ । हालसम्म विश्वमा ९ करोड १० लाख ९४ हजार भन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।
संक्रमितमध्ये २ करोड १६ लाख २९ हजार ४४५ जना सक्रिय संक्रिमत रहेका छन् भने ९० हजार ६२० जनाको अवस्था गम्भीर रहेको छ । कोरोनाले सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ५ लाख २९ हजार २१४ जनाको मृत्यु भएको छ भने २ करोड ९३ लाख ७० हजार भन्दा बढी संक्रमित भएका छन् ।
छिमेकी मुलुक भारतमा कोरोना संक्रमितका संख्या १ करोड ११ लाख ३९ हजार नाघेको छ भने १ लाख ५७ हजार ३८५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १५ हजार ७०४ जनामा संक्रमण पुष्टि भएको छ भने ११० जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया