काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको बैठक सकिएको छ।
बैठकमा ११५ भन्दा बढी सांसद उपस्थित भएको दावी गरिएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा सो संख्यामा सांसदहरु उपस्थित भएको नेकपा राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिएका छन् ।
भट्टराईले राष्ट्रिय सभाका २४ र प्रतिनिधि सभाका ९१ जना सांसद् उपस्थित भएको दावी गरेका हुन् । साथै यो संख्या भोलि अझै बढ्ने उनको दावी छ ।
यसअघि शुक्रबार नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठकमा पनि ११५ जना सांसद उपस्थित भएको दावी गरेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया