काठमाडौं । सर्वोच्च अदालतले नेकपाको दल दर्ता खारेज सम्बन्धी गरेको फैसला आइतबारै निर्वाचन आयोगमा पुगेको छ ।
आयोगले प्रेस विज्ञप्ति जारी गरी अदालतको फैसला कार्यालय समयमै प्राप्त भई दर्ता गरिएको जनाएको छ ।
निर्वाचन आयोगले अब अदालतको फैसला बमोजिम नेकपाको दल दर्ता खारेज गरी ऋषि कट्टेलको नाममा गरेर एमाले र माओवादी केन्द्रलाई पुनः दर्ताको प्रक्रिया अघि बढाउने भएको छ ।
अदालतको आदेशसँगै यसअघि निर्वाचन आयोगमा दर्ता रहेका सन्ध्या तिवारी नेतृत्वको नेकपा एमाले र गोपाल किराती नेतृत्वको नेकपा माओवादी केन्द्र स्वतः खारेज भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया