सरकारबारे स्पष्ट नभएसम्म संसद चलाउन उपयूक्त हुँदैन : वर्षमान पुन

काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनले सर्वोच्चको पछिल्लो फैसालपछि सरकारबारे प्रश्न उठेको भन्दै त्यो स्पष्ट नभएसम्म संसद चलाउन नहुने बताएका छन् ।

संसद बैठक बहिष्कारपछि नेता पुनले भने, ‘सर्वोच्चको फैसलाबाट अहिलेको प्रधानमन्त्री कुन दलको हो ? यो सरकारको अवस्था के हो रु त्यो अवस्था स्पष्ट नहुँदासम्म यो सदन अगाडि बढाइनुहुँदैन। यस्तो अवस्थामा रहेको सरकारले पेश गरेका अध्यादेशहरू यो अवस्था स्पष्ट नहुँदासम्म कार्यसूचीमा राख्नुहुँदैन भन्ने कुरा हामीले राख्यौं ।’

सर्वोच्चको पछिल्लो फैसलापछि सरकारको गठनबारे पनि प्रश्न उठेको उनको भनाइ छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया