काठमाडौं । तत्कालिन संघीय समाजवादी पार्टीकोतर्फबाट निर्वाचित सांसदहरू छुट्टै बैठक बसेका छन् । संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबाट बनेको जनता समाजवादी पार्टी जसपाले मङ्गलवार पार्टी एकतापछि पहिलो पटक संसदीय दलको बैठक बोलाएको समाजवादीतर्फबाट निर्वाचित सांसदहरू छुट्टै बैठक बसेको हो ।
सर्वोच्च अदालतको आइतबारको फैसलाबाट सत्तारुढ दल नेकपा पूर्ववत् अवस्थामा नै पुगेर एमाले र माओवादी केन्द्रमा परिणत भएपछि पूर्व समाजवादी पार्टीबाट प्रतिनिधि सभामा निर्वाचित भएका सांसदहरूको अहिले छुट्टै बैठक बसेको हो ।
पार्टी एकीकरणपछि जसपाका अध्यक्ष बनेका उपेन्द्र यादवले आफूहरू छलफलमा रहेको जानकारी दिए । छलफलको लागि मात्रै हो,’ बैठक बसेको अध्यक्ष उपेन्द्र यादवले बताए । दुई दल मिलेर जसपा बनेपछि हालसम्म संसदीय दलको संयुक्त बैठक बसेको छैन । दुई पार्टीबीच गत ११ बैशाखमा पार्टी एकीकरण भएको थियो ।
अदालतले नेकपालाई पूर्ववत् अवस्थामा पुर्याइदिएपछि अहिले बसिरहेको पूर्व समाजवादीको बैठकलाई सबैतर्फबाट चासोका साथ हेरिएको छ । जसपाले पछिल्लो राजनीतिक अवस्था र संसद्मा निर्वाह गर्ने भूमिकाका विषयमा छलफल गर्न भन्दै संसदीय दलको बैठक बोलाएको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया