काठमाडौ । महिला समानता र जागरूकताका लागि विश्वभर १११ औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवस मनाईरहँदा बिहानी एकल महीला समुहले पनि नारी दिवस मनाएको छ ।
समुहले सोमबार नारी दिवसको अवसरमा जोरपाटी देखि निकालेको र्याली बौद्ध हुँदै गोकर्णेश्वर नगरपालिकाको वडा नं ५ जोरपाटी नयाँबस्ती स्थीत बाहुनधारामा पुगेर कोणसभामा परिणत भएको थियो । गो.न.प.उप मेयर शान्ति नेपालको प्रमुख आतिथ्यतारहेको कार्यक्रममा बिहानी एकल महीला समुहकी अध्यक्ष झुमा लामाको सभापतीत्वमा रहेको थियो । अध्यक्ष लामाले समयको परिर्वतनसँगै महिला सशक्त हुँदै गएको भएपनि उनीहरुमाथि हुने हिंसा भने नरोकिएको बताईन् ।
कार्यक्रममा जिल्ला समन्वय समीतीको सदस्य सान्नानी लामा, महीला संघ क्षेत्रिय सभापति लेख कुमारी पुडासैनी, महीला नगर सभापती लिला देवी पौडेल भट्टराई, नगर प्रतीनीधी सत्य भामा श्रेष्ठ,वडा नं ५ का वडा सदस्य दुर्गा फुयाल,गो.नं.पा भित्र गठित विभिन्न १५ वटा महीला समुह र एक सय जना भन्दा बढी महीलाहरुको सहभागिता रहेको थियो ।
राजनीतिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता जस्ता विषयहरू अन्तर्राष्ट्रिय महिला दिवसका बिषय हुने गरेका छन् । यो दिवस सर्वप्रथम सन् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो । सन् १९१० मा महिलालाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय दर्जा प्रदान गरिएको थियो । सन् २०२१ मा आइपुग्दा विश्वभर १११ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । यो दिसव मार्च महिनाभर नै मनाउने गरिएको छ । यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगार ः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ महिला जागरूकता गराउने दिवसकै रुपमा आज नेपालभर विभिन्न कार्यक्रम गरी मनाईएको छ ।





फेसबुकबाट तपाइको प्रतिक्रिया