जनयुद्ध पश्चात् प्रचण्ड र बाबुरामले गलत बाटो लिँदा देश संकटमा : विप्लव

बुटवल । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईले गलत बाटो लिदा देश संकटमा परेको बताएका छन् ।
सोमबार कपिलवस्तुको शिवगढीमा पार्टी निकट महिला संघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले जनयुद्ध पश्चात् प्रचण्ड र बाबुरामले गलत बाटो रोजेको र त्यसैको परिणाम अहिलेको राजनीतिक परिस्थिति उत्पन्न भएको तर्क गरेका हुन् ।

माओवादी र एमालेको एकताबाट झण्डै दुई तिहाइको सरकार बनेपनि प्रचण्ड गलत बाटोमा भएका कारण नेकपामा संकट आएको दावी गरे । उनले बाबुराम भट्टराईले पनि गलत बाटो लिएकाले मधेशवादी दलको नेता बन्न पुगेको टिप्पणी गरे ।

सरकारले आफ्नो पार्टीमाथि लगाएको प्रतिवन्ध गलत भएको पनि विप्लवले बताए । वैज्ञानिक समाजवाद र पुँजीवादी व्यवस्थाबीच कुन ठीक भनेर जनमत संग्रह गर्नुपर्ने माग गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया