नेकपा एमालेको सचिवालय बैठक स्थगित, धुम्बाराहीमा एमालेको साइनबोर्ड

काठमाडौं । मंगलबार बिहान बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । तयारी नपुगेकाले बैठक स्थगित गरिएको एमाले महासचिव ईश्वर पोखरेलको सचिवालयले जनाएको छ ।

माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरु एमालेमै फर्किने निर्णय गर्नुअघि नै महासचिव पोखरेलले मंगलबार बिहान ९ बजे सचिवालय बैठक आह्वान गरेका थिए । नेपाल, खनालसहितका नेताहरु एमालेमै फर्किने निर्णयमा पुगेपछि थप तयारीका लागि भन्दै बैठक स्थगित गरिएको हो ।

यो समितिमा ईश्वर पोखरेलको नेतृत्वमा दुई उपमहासचिव, पाँच सचिव र कार्यालय सचिव हुन्छन् ।
धुम्बाराहीमा एमालेको साइनबोर्ड
धुम्बाराहीस्थित एमालेको कार्यालयको नाम र साइनबोर्ड मंगलबार फेरिने भएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । “सर्वोच्चको आदेश कार्यान्वयनका लागि हामी पार्टीको कार्यालयको नाम र साइनबोर्ड परिवर्तन गर्ने तयारीमा रहेका छौँ’, उनले भने, ‘मुख्यालयमा पर्सिसम्म एमाले नाम परिवर्तन गरिसक्छौँ । जिल्लास्तरमा पनि एमालेको कार्यालयका भएको भवन एमाले कार्यालय रहन्छ ।’

फेसबुकबाट तपाइको प्रतिक्रिया