काडमाडौं । हाम्रो टिम नेपालले ताप्लेजुङ मेरिङदेनका आगलागी पिडितलाई सहयोग उपलब्ध गराएको छ ।
हाम्रो टिम नेपालले गत फागुन १८ गते ताप्लेजुङ मेरिङदेन गाउँपालिका वडा नं.३ दोभानका भएको ५० आगलागी पीडित परिवारलाई सहयोग गरेका हुन् । पीडितलाई
५० जोर सिरका, ५० जोर डसना र ४ सय थान लत्ताकपडाहरु वितरण गरेको हाम्रो टिम नेपालका सदस्य उमेश बोहराले जानकारी दिनुभयो । त्यस्तै ईशा गुरुङ र सुनिता गुरुङको सहकार्यमा केही रकम संकलग गरी सामाग्री वितरण गरिएको उहाँले बताउनुभयो ।
उक्त अगालागीमा परि ४१ घर पुरै जलेर नष्ट हुनुका साथै ६५ घर परिवार विस्थापित भएका छन् । फागुन १८ गते विहानदेखि भएको आगलागीमा कुनै मानविय क्षति नभएपनि दोभान बजार ध्वस्त हुनुका साथै करोडौंको नोक्सानी भएको छ । आर्थिक सहयोगले आफुहरुलाई थोरै भएपनि राहत महशुस भएको पीडितहरुले बताएका छन् ।
यसैगरी, हाम्रो टिम नेपालले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सररकारले गत वर्षको चैत्र ११ गतेदखि लकडाउन गर्दा रोजगारी गुमाएका र गरिब तथा असहायलाई खाना निःशुल्क खुवाउँदै आएकाका उ्रक्त कार्य अहिले पनि जारी रहेको हाम्रो टिम नेपालका संयोजक विमल पन्तले बताउनुभयो ।






फेसबुकबाट तपाइको प्रतिक्रिया