झापा । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानुको विकल्प अब नभएको बताएका छन् ।
बुधबार विर्तामोडमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले प्रतिनिधिसभा पुनर्स्थापना भए पनि अब संसद् चल्न नसक्ने बताउँदै निर्वाचनको विकल्प नरहेको विचार व्यक्त गरे ।
नेपाल कम्युनिस्ट पार्टी पुरानै अवस्था एमाले र माओवादीमा फर्किए, सहज रुपमा अब संसद् चल्न सक्दैन,’ उनले भने, ‘संसद् चल्न अप्ठ्यारो परिस्थिति भएपछि देशलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन, मध्यावधि निर्वाचनमार्फत भए पनि निकास दिनुपर्छ ।
कोइरालाले अबका गतिविधि र कार्यक्रम चुनावमुखी हुनुपर्ने बताउँदै त्यसैअनुरुप तयारी गर्न कांग्रेस कार्यकर्तालाई निर्देशन दिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया