कांग्रेस र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । संसद र सरकारमा सहकार्य लगायतका विषयमा छलफल गर्न जसपाका नेताहरु देउवा निवास बुढालिनकण्ठ पुगेका छन् ।

जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, अर्का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महत्तो भेटवार्तामा छन् ।
फागुन २३ गतेको अदालतको फैसलाले तत्कालिन नेकपाको एकता भंग भएपछि पुनस्थापित संसदमा जसपा निर्णायक भूमिकामा छ ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गरेको जसपाको आजको संसदीय दलको बैठकमा सरकारको नेतृत्व जसपाले पाउनुपर्ने अडान अघि सारेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया