काठमाडौं । नेकपा एमालेको पहिलो केन्द्रीय कमिटी बैठकमा केपी शर्मा ओली पक्षले महत्वपुर्ण निर्णयहरु गरेको छ । शुक्रबार बालुवाटारमा माधव नेपाल पक्षले थाहै नपाई पुनःस्थापित नेकपा एमालेको पहिलो केन्द्रीय कमिटी बैठक महत्वपुर्ण निर्णय गरेको हो ।
बैठकमा ओली पक्षले महाधिवेशनको मिति तोकेका छन् भने नेताहरूको महत्वपुर्ण जिम्मेवारी समेत तोकेको हो । बैठकले बादलसहित २२ जना माओवादी नेता एमालेको केन्द्रीय कमिटीमा मनोनीत भएका छन् ।
बैठकले माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका रामबहादुर थापा बादललाई वागमती प्रदेशको इन्चार्ज बनाएको छ । त्यस्तै प्रदेशका इन्चार्ज र सहइन्चार्ज पनि तोकिएका छन् । सुवास नेम्वाङलाई प्रदेश १ को इन्चार्ज बनाएको छ भने, प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएको छ ।
बैठकले विष्णु पौडेललाई संगठन विभागको प्रमुखको जिम्मा दिएको छ । त्यस्तै विदेश विभागको जिम्मेवारी भने डा राजन भट्टराईलाई दिएको छ । प्रदीप ज्ञवालीले प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारी पाएका छन् भने स्कूल विभाग प्रमुखको जिम्मेवारी ओली आफैंले लिएका छन् ।
ओलीले अध्यक्ष र महासचिव बाहेक अरु पदाधिकारी भने नराख्ने बताएका छन् । अध्यक्ष ओलीले बैठकमा दिएको जानकराी अनुसार नेकपा विभाजनपछि ओली पक्षले बनाएका सबै कमिटी र जनसंगठनका नेतृत्वसमेत हाललाई यथावत रहने बताइएको छ ।
एमालेको दशौं महाधिवेशन आउँदो मंसिर २ देखि ६ गतेसम्म हुने
नेकपा एमालेको दशौं महाधिवेशन आउँदो मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आफू निकट नेताहरुको बैठक राखेर महाधिवेशनको मिति तोक्ने निर्णय गरेका हुन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया