एमालेमा माधव नेपाल पक्षको आकस्मिक स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ । आफूहरुलाई थाहै नदिइ केन्द्रीय कमिटी विस्तार र पार्टीका अन्य कमिटी हेरफेर गरेपछि नेपाल पक्षले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो ।

शुक्रबार नेकपा एमालेले महाधिवेशनको मिति तोक्नेसँगै विभिन्न पार्टी कमिटी विस्तार एवम् पुनर्गठन गरेको हो ।
भावी रणनीति तय गर्न स्थायी कमिटी बैठक बोलाइएको बताइएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया