काठमाडौं । जनता समाजवादी पार्टी जसपाको संसदीय दलको बैठकमा अब प्रधानमन्त्रीमै दावी पेश गर्ने विषयमा छलफल भएको छ ।
पार्टीले संसदीय दलको नेता भने चयन गर्न सकेको छैन । आज शुक्रबार प्रतिपक्षी नेपाली कांग्रेससँग छलफल गर्नुअघि जसपाको संसदीय दलको बैठक बसेको थियो । सो बैठकमा बोल्ने सांसदहरुले सरकारको नेतृत्वमा नै पार्टीले दावेदारी गर्नुपर्ने मत राखेका हुन् ।
जसपाका सांसद राजकिशोर यादवले देशमा देखिएका समस्या समाधान गर्न अहिलेका राजनीतिक दलहरु असफल भएकाले प्रधानमन्त्रीका लागि पहलकदमी लिनुपर्ने विषयमा छलफल भएको बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया