कविकिरण न्यौपाने,जापान । सर्वोच्च अदालतको फैसला पछि नेकपा (एमाले) र माओवादी केन्द्र अलग भएपछि जापानमा रहेको एमाले निकट प्रवासी नेपाली मञ्चमा लफडा उत्पन्न भएको छ ।
मञ्चको तात्कालिन अधिबेशन २०१६ नोभेम्बर २६ र २७ तारिख टोकियोमा सम्पन्न हुदा महेन्द्र श्रेष्ठको अध्यक्षतामा समिति गठन भएको थियो। श्रेष्ठले उक्त समिति व्यूतिएको भनेपछि लफडा शुरु भएको हो। श्रेष्ठले विज्ञप्ति नै निकालेर उक्त कुराको जानकारी गराएका थिए ।
श्रेष्ठले विज्ञप्तिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहिर्गमन र नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई पुनर्जीवित गरेको सर्वोच्च अदालतको फैसलाबाट प्रवासी नेपाली मञ्च राष्ट्रीय कमिटी जापान पनि सोहि स्थानमा फर्केको बताएका छन्।
श्रेष्ठले प्रवासी नेपाली मञ्च जापानका नेतृत्वहरुसंग अनौपचारिक छलफल गरेको बताउदै छिट्टै सदस्यता नवीकरण,क्षेत्रलाई क्रियाशिल गराउने बताएका छन् ।
उता प्रवासी नेपाली एकता मञ्च जापान ओली पक्षीय गठन गरेका अहिले सचिव डा.सरोज कँडेलले महेन्द्र श्रेष्ठले भ्रम फैलाउन खोजेको बताउदैं प्रवासी नेपाली मंच जापानको २०औं अधिबेशनबाट निर्वाचित अध्यक्ष महेन्द्र श्रेष्ठ पर्वत जिल्लाको पैयु गाउपालिकाको वडा अध्यक्ष निर्वाचित भए पश्चात कार्य क्षेत्र नेपाल भएको कारणले हाम्रो पार्टी नेकपा एमालेको केन्द्रीय कार्यालयबाट प्राप्त पत्रको आधारमा यहाको कमिटिको ८ औं बैठक बाट स-सम्मान बिदा गरिएको र वहाँको संगठित सदस्य पनि नेपाल सरुवा भएको बताए। कँडेलका अनुसार त्यस ठाउँमा तत्कालिन कमिटिको महासचिव सुरेसी केसीलाई चयन गरिएको पनी बताएका छन l आफु रहेको यस कमिटीलाई ल प्रवास इन्चार्ज डा. राजन भट्टराईले सपथ खुवाउनु भएको कमिटि अस्तिवमा हुदाँ -हुदैं कसैले चुनौती दिन नसक्ने उनको जिकिर छ।
पछिल्लो समय बनेको कमिटि नै आधिकारिक कमिटि भएको कँडेलले बताए।
यता प्रवासी नेपाली मञ्चका अध्यक्ष महेन्द्रकुमार श्रेष्ठले २०औं अधिबेशनले सरोज कडेललाई नचिन्ने बताउदै भ्रम नछर्न अपील गरेका छन । श्रेष्ठले अधिबेशनबाट नेतृत्व लिन पनि चुनौती दिएका छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया