माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक : बादलसहितका नेतालाई कारबाही गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको आइतवार बसेको केन्द्रीय कमिटी बैठक सकिएको छ । सर्वोच्च अदालतले एमाले र माओवादी पार्टी ब्युँतिएसँगै माओवादी केन्द्रीय कमिटीको यो पहिलो बैठक हो ।
बैठकमा चार वटा एजेण्डा पेश गरिएपनि राजनीतिक र सांगठानिक अवस्थाबारे प्रदेश इन्चार्जको रिपोर्टिङ गरेका छन् ।
अध्यक्ष प्रचण्डले बैठकको शुरूमै बैठकको औचित्य प्रत्ट्याएका थिए । रिपोर्टिङ सुनेपछि नेता नारायणकाजी श्रेष्ठले समसामयिक राजनीतिक अवस्थाबारे भनाइ राखे ।

आजको बैठकमा राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, त्यसमाथि छलफल र सुझाव लिने, राष्ट्रिय कार्यकर्ता भेला र पार्टीको नाम परिवर्तन र कम्युनिष्ट पार्टीबीच एकीकरणजस्ता एजेण्डा थिए । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने रामबहादुर थापा बादलसहितका नेताहरुलाई कारबाही गर्ने भएको छ ।
केन्द्रीय कमिटी बैठकमा पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्नेसम्बन्धी प्रस्ताव पेश भएको छ । नेकपा माओवादी केन्द्र केन्द्रीय कमिटी बैठक भोलि पुनस् ११ बजे बोलाइएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया