विवाद मिलाउन बसेको एमाले ओली-नेपाल पक्षको बैठक सकारात्मक चरणमा

काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ‌ओली र माधवकरमार नेपाल पक्षविचको छलफलका सकारात्मक दिशामा पुगेको छ ।

धुम्बाराहीस्थित पार्टी कार्यालयमा भएको छलफल सकारात्मक दिशामा पुगेको नेता रघुजी पन्त जानकारी दिएका छन् । ओलीलगायत नेताहरू ईश्वर पोख्रेल, सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली उपस्थित छन् । त्यस्तै माधवकुमार नेपालसहित भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट सहभागी थिए ।

पुस ५ गते प्रतिनिधिसभा विघटनपछि विभाजित भएका नेताहरु एमाले ब्युँतिएपछि पहिलो पटक औपचारिक छलफल भएको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया