माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित, सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक हाललाई स्थगित गरिएको छ ।
सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्यूताएपछि पहिलो पटक बसेको बैठक नेपाल कम्युनिष्ट पार्टीलाई विभाजित गर्ने गरी गरेको सर्वोच्चको फैसलामाथि छिट्टै पुनरावलोकनका लागि जाने निर्णय गरेको छ ।
सोमवार आज बसेको केन्द्रीय समितिको बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सो जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार आजको बैठकमा पार्टीका २० जना नेताहरुले बोलेका थिए । उनीहरूले विशिष्ट राजनीतिक परिस्थिति र क्रान्तिकारी आन्दोलनको एकीकरणजस्ता विषयमा आ-आफ्नो कोणबाट विचार राखेको जानकारी दिए । हामीले यसअघि नै निर्णय गरेअनुसार सर्वोच्चको फैसलामाथि छिट्टै पुनरावलोकनमा जाने छौं । साथै, तत्कालीन परिदृष्यमा जोडिएका कार्यभारहरू पूरा गर्न देशका प्रमुख पार्टीहरुसँग संवाद तीब्र बनाउने निर्णय भएको छ,’ श्रेष्ठले भने ।

केन्द्रीय समिति बैठक हाललाई स्थगित गरिएको र अब पार्टीका नेताहरू जिल्ला र प्रदेशमा जाने श्रेष्ठले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया