अल्टिमेट रेश्लिङ्ग इन्टरटेनमेन्टबाट एचबी ताम्राकार सम्मानित

काठमाडौं । अल्टिमेट रेश्लिङ्ग इन्टरटेनमेन्टबाट ओएस नेपालका अन्तराष्ट्रीय डाईरेक्टर एचबी ताम्राकार सम्मानित हुनु भएको छ ।
युडब्लुईकी डाईरेक्टर तथा फागुन २२ गतेको भारतसंगको अन्तराष्ट्रीय स्तरको रेस्लीङ्मा विजयी रेस्लर मुना श्रेष्ठले आज सम्मान पत्र एचबी ताम्राकारकै भाई अर्थात सामाजिक अभियानता राजेन्द्र ताम्राकारलाई हस्तान्तरण गरेकी हुन् ।
मिसन नेपालका संस्थापक अर्थात बरिष्ठ सल्लाहाकार, पूर्व डीएसपी समेत रहेका कृष्ण बहादुर शर्मा र मिसन नेपालका अध्यक्ष तथा सामाजिक अभियानता जेरी ताम्राकार को विशेष उपस्थिति का विचमा यो सम्मान पत्र जापानबाट संसक्त रुपले पत्रकारिता, समाजिक कार्यमा सक्रिय ओएसनेपाल का डाईरेक्टर एचबी ताम्राकारलाई अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मायाको चिनो हस्तान्तरण गरिएको मुना श्रेष्ठले जानकारी दिएकी हुन् ।

सम्मान पत्रमा तत्कालीन प्रधानसेनापति रुक्माङगद कटुवाल र रेस्लर मुना श्रेष्ठको हस्ताक्षर रहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया