काठमाडौं । सन्ध्या तिवारी अध्यक्ष भएको नेकपा एमालेले आफ्नो नाम परिवर्तन गरेको छ ।
निर्वाचन आयोगले नाम परिवर्तन गर्न दिएको अवधिभित्र तिवारीले आफ्नो पार्टीको नाम जनताको जनवादी पार्टी जजपा राखेर दल दर्ता गराएकी छन् ।
सोमबार केन्द्रीय कमिटी बैठक बसेर नाम परिवर्तनको निर्णय गरिएको उपाध्यक्ष भगवती खड्का युनिकाले बताइन् । पार्टीको दल दर्ता प्रमाणपत्र भने आउन बाँकी छ ।
सो पार्टीको चुनाव चिन्ह भने यसअघि दिइएकै पहाडबाट उदाउँदो सूर्य रहेको छ । अध्यक्ष तिवारी गत शनिबार एमालेको अखिल नेपाल महिला संघले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी भएकी थिइन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया