माधव समूहलाई ओलीको प्रश्न: कसको चियापानमा पाए जानुहुन्छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो चियापान बहिस्कार गर्ने नेताहरुलाई कसको चियापानमा पाए जानुहुन्छ भनेर प्रश्न गरेका छन् ।

चैत ७ गते पार्टी केन्द्रीय कमिटीको बैठक राखेका ओलीले पार्टी केन्द्रीय सदस्यहरुका लागि मंगलबार चिपायान कार्यक्रम राखेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित चियापान कार्यक्रम माधवकुमार नेपाल समूहका नेताहरुले बहिस्कार गरेका छन् ।

चियापान कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत ओलीले एकथरी अनुहारका साथीहरु नदेखिएको बताए ।

‘हिजो बेलुका मैले सुनेँ, बैठक बसेर निर्णय गर्नुभयो पार्टीको चियापानमा नजाने रे’ उनले अघि भने, ‘पार्टी अध्यक्ष–प्रधानमन्त्रीको निमन्त्रणामा नजाने, कसको चियापानमा पाए जानुहुन्छ ? उनले अघि भने, ‘हुन त सबैलाई थाहा छ, नभनौं ।

यद्यपि ‘बहिस्कारको निर्णय गर्नु भएको होइन होला, कुनै कारणवश आउन भ्याउनुभएन होला’ भन्ने ठानेको ओलीले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया