नेपाल–खनाल पक्षको राष्ट्रिय भेलामा २ हजार बढी सहभागी हुने

काठमाडौं । नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय कार्यकर्ता भेलामा २ हजार बढी नेता–कार्यकर्ता सहभागी हुने भएका छन् ।
भेलाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले सम्पूर्ण तयारी पुरा भएको भन्दै भेलामा पार्टी केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र पेश गर्दै पारित गरिने जानकारी दिए ।
पत्रकार सम्मेलनमा एमाले स्थायी समिति सदस्य तथा नेता सुरेन्द्र पाण्डेले एमाले एकतावद्ध बनाउनुको साटो पार्टी एकताको महत्व घटाउन खोजेको आरोप लगाए ।

उनले आफ्नो पक्ष एमाले एकताकै पक्षमा रहेको र त्यसको पुष्टि गर्न भेला बोलाइएको बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया