ओली नेपाललाई निरंकुश शासनतिर फर्काउने योजनामा छन्ः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा उच्च जातिय अहंकारवादलाई स्थापित गर्ने षड्यन्त्र भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित अग्रणी शहिद शुकदेव गुरुङ शहिद घोषणा राष्ट्रिय जागरण अभियान अन्र्तगतको सर्वपक्षिय अन्तर संवाद तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाललाई निरंकुश शासनतिर फर्काएर उच्च जातिय अहंकारवादलाई स्थापित गर्ने षडयन्त्र भएको बताएका हुन् । उनले आफूहरुले जातिय अधिकार, समानता, आत्मसम्मान र स्वतन्त्रताको कुरा गर्दा जातिवादीको विल्ला भिराएको बताए ।

प्रतिनिधिसभा विघटन केपी ओलीले प्रधानमन्त्रीको रुपमा गरेको र त्यसमा भयानक ठूलो षड्यन्त्र रहेको भन्दै प्रचण्डले नेपालका आदिवासी, जनजातिका अधिकार पनि खोस्ने र झण्डैझण्डै पहिलाको जस्तै निरंकुश शासनतिर नेपाललाई फर्काउने योजना रहेको बताए । प्राप्त अधिकारहरुलाई खोस्नको निम्ति माओवादी आन्दोलन र प्रचण्डलाई प्रहारको निशाना बनाइएको पनि उनको भनाइ थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया