काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले गुटगत भेला नगर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । माधवकुमार नेपाल समूहका नेताहरुले भोलि र पर्सि राष्ट्रिय कार्यकर्ता भेला राखेपछि महासचिव पोखरेलले विज्ञप्ति जारी गर्दै पार्टीले कुनै भेला आयोजना नगरेको बताएका हुन् ।
महासचिव पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता अनिाधिकृत गुटगत भेला नगर्न-नगराउन,भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा एमाले सबै नेता-कार्यकर्ताहरुलाई विशेष निर्देशन गर्दछ । भेलामा सहभागी हुनेहरुलाई कारवाही हुन सक्ने संकेत पोखरेलले गरेका छन् ।
विज्ञप्तिमा उनले भनेका छन्, ‘अन्यथा मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावली बमोजिम हुने कुरा स्पष्ट गरिन्छ ।’
नेकपा एमालेको माधव नेपाल समूहले राजधानीमा आफ्नो गुट भेला बोलाएको छ ।


फेसबुकबाट तपाइको प्रतिक्रिया