काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि यही चैत २५ गते चुनाव हुने भएको छ।
पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रको नेतृत्व चयनका लागि २५ गते एकैसाथ मतदान हुने भएको हो । बुधबार बसेको महासंघको बैठकले ७ गते निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने र २५ गते निर्वाचन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले जानकारी दिए ।
महासंघले गत फागुन ४–५ गते महाधिवेशन सम्पन्न गरिसकेको छ । अब नयाँ नेतृत्व चयनको काम मात्रै बाँकी रहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया