कानुन विपरीत काम गर्ने २ जापानी सहित ६ नेपाली कुमामोतोबाट पक्राउ

टोकियो । जापानको कुमामोतो केनको किकुची शहरमा भिसाको म्याद सकिएर काम गरेका ६ जना नेपाली र काम लगाउने २ जापानी पक्राउ परेका छन् । उनीहरु कुमामोतो केनको किकुची शहरको एक फ्याक्ट्रीमा काम गर्दै आएका थिए ।

कुमामोतो शहरमा बसोबास गर्दै आएका कन्स्ट्रक्सन कम्पनीका ६१ बर्षिय म्यानेजर र्युइची हिराए र ६ जना नेपाली पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार हिराएले जनवरी देखि अघिल्लो महिनासम्म भिसा म्याद सकिएर पनि गैरकानुनी रुपमा ६ जना नेपालीहरुलाई निर्माण सामग्री क्षेत्रमा सिभिल ईन्जिनियरिङ्गको काम लगाएको पाइएको छ । शंकास्पद बिदेशीहरु काम गरिरहेका पूर्व सूचनाको आधारमा प्रहरीले पक्राउगरेको समाचारमा उल्लेख छ ।
सोहि कम्पनीमा कार्यरत ७१ बर्षिय जुनिची योनेइलाई पनि प्रहरीले पक्राउ एनएचकेमा समाचार छ । पक्राउ परेका सबै नेपालीहरुले आरोप स्विकार गरेको प्रहरीले बताएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया