विदेशबाट फर्किएका युवाहरु जोड्दै काठमाडौंमा रोजगार सम्मेलन हुने

भक्तपुर । राष्ट्रिय युवा परिषदको संयोजन र गैरआवासीय नेपाली संघ (एनआरएनए) को ब्यबस्थापनमा कोभिड १९ का कारण विदेशबाट रोजगारी गुमाएर फर्किएका युवाहरु जोड्दै रोजगार सम्मेलन गर्ने भएको छ ।
नेपाल सरकार राष्ट्रिय युवा परिषद र एनआरएनएले आगामी २०७८ आषाढ ११ र १२ गते काठमाडौंमा गर्ने रोजगार सम्मेलन गर्न लागेको हो ।
विश्व महामारी कोभिड १९ का कारण विदेशबाट रोजगारी गुमाएर फर्किएका युवाहरु र रोजगार दाताहरुलाइ जोड्दै रोजगारी सहज गर्ने उद्देश्य सहित रोजगार सम्मेलनको विषयमा छलफल गर्न राष्ट्रिय युवा परिषदको कार्यालयमा गत फाल्गुन २३ गते परिषदका कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलको अध्यक्षतामा बैठक समेत सम्पन्न भएको थियो ।

उक्त बैठकमा परिषदका उपाध्यक्ष ढुङ्गेल सहित डा.बाबुराम ढुङ्गाना प्रशासकिय प्रमुख,परिषदबाटै गिरिप्रसाद आचार्य,गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा.बद्री केसी, रिटर्नी माइग्रेन्ट नेपालबाट उत्तम अधिकारी लगाएत श्रम मन्त्रालय आदिको प्रतिनिधिमुलक उपस्थिती थियो।

साथै राष्ट्रिय युवा परिषदका प्रशाशकीय प्रमुख डा. बाबुराम ढुङ्गानाले सन्चालन गर्नुभएको बैठकमा परिचय पश्चात् बैठकको अध्यक्षता गरिरहनु भएका राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्षले सबैलाइ कार्यक्रमको स्वागत गर्नुभयो।

त्यस्तै गैरआवसीय नेपाली संघका उपाध्यक्ष डा.बद्री केसीले रोजगार सम्मेलनको औचित्य र अवधारणाबारे प्रकाश पार्नु भएपश्चात उपस्थिति सबैले आआफ्नो धारणा राख्दै कार्यक्रम सान्दर्भिक भएको उल्लेख गर्दै सहयोग र सहभागिता रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

कार्यक्रमको तयारी ब्यबस्थापकीय तथा प्राबिधिक कार्य गर्नको लागि गैरआसीय नेपाली संघका उपाध्यक्ष डा.बद्री केसीको संयोजकत्वमा १५ सदस्यीय प्राबिधिक समिती गठन गरियो।

कार्यक्रमलाइ अधितकत्म प्रभावकारी बनाउन थप आवश्यक कदम पनि अगाडि बढाउने प्रतिबद्दताका दिदै कार्यक्रमको समापन गर्नुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया