नेपाल टेलिभिजनको महाप्रबन्धकमा फुलमान बल नियुक्त

काठमाडौं । नेपाल टेलिभिजनको महाप्रबन्धकमा फुलमान बल नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले चार वर्षका लागि बललाई महाप्रबन्धक नियुक्त गरेको हो । बल खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त भएका हुन् । गोविन्द रोका ‘सचिन’ फागुन पहिलो साता चार वर्षे कार्यकाल पूरा गरी बिदा भएपछि रिक्त महाप्रबन्धकमा बललाई नियुक्त गरिएको हो ।

कान्तिपुर दैनिकमा डेढ दशकसम्म कला शैली संयोजक रहेका बलले ठूलो पर्दाका चलचित्रको निर्देशनसमेत गरिसकेका छन् ।
काभ्रेपलाञ्चोकका फुलमान पत्रकारिता तथा साहित्य र चलचित्र निर्देशनमा समेत संलग्न छन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया