काठमाडौं । उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधान सहित २३५ भन्दा बढी उद्योगी ब्यवसायीहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । शुक्रबार बालुवाटारमा एक समारेह गरि नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स मारवाडी संघ लगाएतबाट एमाले प्रवेश गरेका छन् ।
गत निर्वाचनमा महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालसँग पराजित भएका प्रधान कांग्रेसको समर्थनमा उम्मेदवार बनेका थिए । त्यस्तै गोल्छा अर्गनाइजेशनका सन्चालक तथा दिवाकर गोल्छाका छोरा हितेश गोल्छा पनि एमाले प्रवेश गरेका छन् । उद्योगी ललित अग्रवाल,नेपाल टेलिभिजनका पूर्व अध्यक्ष सिताराम अग्रवाल,कृष्ण प्रसाई लगायत एमाले प्रवेश गरेका छन् । विशाल बजार सन्चालक समितिका अध्यक्ष नरेन्द्र गुप्ता,ओमप्रकाश बंशल,जुगल किशोर धनावत लगायत विशेषगरि मारवाडी समुदायका व्यवसायी एमाले प्रवेश गरेका हुन् ।
उनीहरुलाई प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोति दुगडको अगुवाईमा एमाले प्रवेश गराइएको हो । एमाले प्रवेश गर्नेलाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव इश्वर पोखरेलले खादा र माला लगाएर स्वागत गरेका थिए ।
निर्यातमूलक उद्योग स्थापना गरिदिनुस् : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले “निर्यातमूलक उद्योग स्थापना गरिदिनुस् । रोजगारीमूलक उद्योग सञ्चालन गर्नुस् । औद्योगिक वातावरणका लागि आवश्यक पर्ने नीतिगत सुधार गर्न तयार रहेको भन्दै देश विकासका लागि आवश्यक पर्ने नीतिगत सुधारका लागि आफू तयार रहेको बताए ।
अत्यावश्यक कच्चा पदार्थ मात्रै विदेशबाट ल्याउन आग्रह गर्दै प्रधानमन्त्रीले नेपाल कुनै पनि हालतमा गरिब हुन नसक्ने उल्लेख गरे । निकट भविष्यमा नै देशको आर्थिक परिचय बदल्न चाहेको भन्दै उनले विकासोन्मुख देशमा नेपाल सिफारिश भएको तथ्य पेश गरे । बाट नयाँ नेपालतिर जाँदै गरेको स्पष्ट पारे ।
कोरोनाको महामारी नभएको भए पर्यटन तथा सेवा क्षेत्रमा देखिने गरी केही न केही परिवर्तन भइसक्ने प्रधानमन्त्रीको भनाइ थियो । उनले आर्थिक, सामाजिक राजनीतिक क्षेत्रलाई स्वच्छ बनाउन आफू लागी परेको र समग्र क्षेत्रको रुपान्तरण गर्ने नीतिका साथ अगाडि बढिरहेको बताए ।
देशभित्रै सवारी साधन निर्माणको उद्योग खोल्न आग्रह गर्दै प्रधानमन्त्रीले सरकारले त्यस्ता उद्योगका लागि सहुलियत दिने प्रतिबद्धता व्यक्त गरे । उनले सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियानमा प्रतिबद्ध भएर लागेको र उद्योगी व्यवसायीको हितमा गर्नुपर्ने काम गर्न तयार रहेको बताए । उनले सामान आयात गरेर निर्यात गर्नेभन्दा पनि देशभित्रै उद्योग स्थापना गरेर निर्यात गर्ने सोचका साथ काम गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।

फेसबुकबाट तपाइको प्रतिक्रिया