स्याङ्ग्जा समाज जापान शिजुओका क्षेत्रिय कमिटी गठन, केन्द्रको ५ औं अधिवेशन तयारी तिव्र

निशान राना,जापान । स्याङ्ग्जा समाज जापान क्षेत्रीय कमिटी स्याङ्ग्जा समाज शिजुओका गठन भएको छ । शिजुओका स्थित चौतारी रेस्टुरेण्टमा सम्पन्न भएको पहिलो भेलाले अध्यक्षमा सर्बसम्मत मिलन अर्याललाई चयन गरेको छ ।

सभापति बालकृष्ण ढुंगाना र केन्द्रका अध्यक्ष सागरमणि भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त अधिबेशनमा मिलन अर्यालको अध्यक्षतामा १९ जना सदस्यहरुको कमिटी गठन गरिएको छ । जसमा उपाध्यक्षमा बिश्वास रेग्मी उपाध्यक्ष मनोज पौड्याल, उपाध्यक्ष पर्वत लम्साल,महासचिव विनोद पौड्याल,सचिव सन्तोष अर्याल,कोषाध्यक्ष जमुना पौड्याल,सह-कोषाध्यक्ष अप्सरा थापा चयन भएका छन भने सदस्यहरुमा बसन्त क्षेत्री ,मदन भण्डारी ,जितेन्द्र शिंह ठकुरी ,इश्वर राज खनाल,हरी प्रसाद ढुंगाना,इन्द्र थापा,सन्तोष थापा,पुष्पा भण्डारी ,प्रतिमा वाग्ले ,शर्मिला अर्याल,अमृत पोख्रेल रहेका छन । साथै उक्त कार्यसमितिले बालकृष्ण ढुंगानालाई सस्थाको सल्लहाकारमा चयन गरेका छन ।

समितिलाई आधिकारिकता दिदै समाजका संरक्षक पिताम्बर चापागाईले २ वर्षे पहिलो कार्यकाल स्याङ्ग्जा समाज जापान शिजुओका क्षेत्रिय कार्यसमिति को घोषणा गरी शपथ ग्रहण गराउनु भएको थियो ।
क्षेत्र विस्तारका लागि टोकियोबाट केन्द्रका संरक्षक पिताम्बर चापागाई,सल्लाहकार भिम न्यौपाने ,बरिष्ठ उपाध्यक्ष ध्रुब ज्ञवाली ,महासचिब वेद कार्की ,कार्यसमिति सदस्यहरु लक्ष्मण ढकाल , रमेश बाबु भण्डारी र मनोज अधिकारी लगायतको टोली शिजुओका पुगी एक आपसमा सबैले दुख सुख साटासाट गरेका थिए । भने केन्द्रिय अध्यक्ष सागरमणि भण्डारी भर्चुअल माध्यम जुम बाट जोडीनु भई नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिनु भएको थियो । साथै केन्द्रका महासचिब बेद कार्की ,बरिष्ठ उपाध्यक्ष ध्रुब ज्ञवाली ,सल्लाहकार भिम न्यौपाने ज्यूले शुभकामना मन्तब्य व्यक्त गर्नुका साथै नव गठित समितिलाई बधाई ज्ञापन गर्नु भएको थियो ।
पहिलो अधिवेशन बाट सल्लाहकारमा चयन हुनु भएका बालकृष्ण ढुंगानाले पनि केन्द्र लगायत अन्य संघ संस्था हरु संग समन्वय र सहकार्य गरी अगाडी बड्ने प्रतिबद्धता व्यक्त गर्दै अधिवेशन सफल पार्नका निमित् केन्द्रबाट उपस्थित सम्पूर्ण पदाधीकारीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
निर्वाचित अध्यक्ष मिलन अर्यालले पहिलो कार्यकाल सफल बनाउन केन्द्र, क्षेत्र लगायत निर्वाचित कार्यसमिति सबैले सल्लाह सुझाब र साथ दियर सहयोग गर्नु हुन अनुरोध गर्नु गरेका थिए ।
कार्यक्रमको संचालन क्षेत्रीय समिति शिजुओकाका महासचिब बिनोद पौड़यालले गरेका थिए ।

मार्च २८ मा केन्द्रको ५औं अधिवेशन तयारी तिव्र

स्याङ्ग्जा समाज जापान यतिवेला जापानको विभिन्न क्षेत्रहरुमा क्षेत्रिय समिति विस्तार गरेसंगै केन्द्रको मार्च २८ तारिख अधिवेशन हुँदै छ।
स्याङ्ग्जा समाज जापानको अधिवेशन अगामी मार्च २८ तारिख आईतबार हुँदै गर्दा समाज अहिले क्षेत्रिय समिति विस्तार, आजिवन र साधारण सदस्य वितरणमा लागिपरेको छ । यसअघि नै समाजका अध्यक्ष सागरमणि भण्डारीको संयोजकत्वमा अधिवेशन मूल आयोजक समिति गठन गरिसकेको थियो ।
अधिवेशनमा केन्द्रिय समितिको प्रत्यक्ष उपस्थिति,जापानमा कृयाशिल अन्य संघ९संस्था,आइसीसी क्षेत्रिय समिति लगायत सम्पूर्ण जापानबासी स्याङ्जालीहरुलाई भने भर्चुअल माध्यमबाट जोड्ने निर्णय गरेको छ ।
५ औं अधिवेशन बन्द र खुल्ला गरि २ सत्र गरेर एकै दिनमा २ चरणमा सम्पन्न गर्ने पनि निर्णय गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया