काठमाडौँ । भारतमा कोरोना संक्रमण बढेको र नेपालमा पनि बढ्न सक्ने संकेत देखिएको भन्दै काठमाडौँ उपत्यकामा सार्वजनिक स्थानमा मास्क अनिवार्य लगाउन स्थानीय प्रशासनले निर्देशन जारी गरेको छ । बुधबार काठमाडौँ, भक्तपुर र ललितपुर तीनवटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी सार्वजनिक स्थानमा अनिवार्य रुपमा मास्क लगाउन आग्रह गरेको हो ।
भारतमा कोरोना संक्रमण बढेको र नेपालमा पनि बढ्न सक्ने संकेत देखिएको भन्दै प्रशासन कार्यालयहरुले मास्क लगाउन र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौले भारतमा बढ्दै गएको कोरोना संक्रमणको प्रभावस्वरुप काठमाडौँ उपत्यकामा समेत बढ्दै गएकाले सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रुपमा मास्क प्रयोग, स्यानिटाइजर र सामाजिक/भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्डलाई पालना गर्न आग्रह गरेको छ ।
त्यस्तै सार्वजनिक स्थलमा भिडभाड नगर्न र घरभित्रै होली मनाउन प्रशासनले आग्रह गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया