गायक बद्रि पंगेनी “हजुरलाई नमस्ते ट्रेड लिङ्क” को ब्रान्ड एम्बेस्डरमा नियुक्त

काठमाडौं । वरिष्ठ  लोक तथा दोहोरी गायक बद्री पंगेनी “हजुरलाई नमस्ते ट्रेड लिङ्क प्रा.लि” ITR Lubricants को सद्भावनादूत (Brand ambassador) का रूपमा नियुक्त भएका छन् ।

इटालियन प्रविधिद्वारा EURO 3 र Euro 4 मापदण्ड अनुसार UAE मा उत्पादित उच्च गुणस्तरको ITR ब्राण्ड्का लुब्रीकेन्ट्सले सद्भावना दूतका रूपमा पंगेनीलाई नियुक्त गरेको हो । गायक पंगेनीलाई राजधानीमा आयोजित एक कार्यक्रम मार्फत ITR लुब्रीकेन्ट्सका अध्यक्ष ताराबहादुर कुँवरबाट सद्भावना दूतको प्रमाणपत्र ग्रहण गरेका थिए ।

गायक पंगेनी ITR LUBRICANTS जस्तो गुणस्तरीय ब्राण्डको सद्भावना दूतमा नियुक्त हुन पाउनुलाई महत्वपूर्ण उपलब्धि र जिम्मेवारीका रूपमा लिएको बताए । उनले आफूले पनि करिब आठ/दश बर्ष पुरानो सवारी साधनमा ITR LUBRICANTS प्रयोग गरेको र एकदम राम्रो साउण्ड आएको कुरा समेत बताए ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया