माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारी ब्युँतियो

काठमाडौं ।  नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)  ब्युँतिएको छ ।

बिहिबार केन्द्रीय कार्यालय वागबजारमा बसेको अनेरास्ववियू (क्रान्तिकारी) को पदाधिकारी बैठकले केन्द्रीय कमिटी ब्युँताउने निर्णय गरेको संगठनका उपाध्यक्ष दिपेश पुनले जानकारी दिए ।

पुन:स्थापित अनेरास्ववियू (क्रान्तिकारी) को नेतृत्व रञ्जित तामाङले गर्ने छन् । अनेरास्ववियू (क्रान्तिकारी) को तत्कालीन केन्द्रीय कमिटी एक सय ५७ सदस्यीय रहेको छ ।

पदाधिकारी बैठकले चैत १४ गते काठमाडौंमा केन्द्रीय कमिटीको विस्तारित बैठक आयोजना गर्ने निर्णय समेत गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया