कांग्रेसका नेता पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन

काठमाडौं । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचारत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । कांग्रेस केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा पूर्वसांसद जोशीको नर्भिक अस्पतालमा उपचारको क्रममा शुक्रबार राति ९ २४ बजे मृत्यु भएको हो ।
फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । वीरले उनलाई नर्भिकमा रेफर गरेको थियो ।
मस्तिष्कघातको समस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया