रामेछाप । विभिन्न कारणले काम राकिदै आएको मन्थली नगरपालिकाभित्र दुई वटा लिफ्ट खानेपानी आयोजनाको लागि संघीय ७ करोड बजेटको सुनिश्चितता भएको छ ।
बागमती प्रदेशको माग बमोजिम अर्थ मन्त्रालयले गेलु लिफ्ट खानेपानी आयोजना र तामाकोसी नागिला लिफ्ट खानेपानी आयोजनाको बजेट सुनिश्चित गरेको हो ।
खानेपानी आयोजना अगाडि बढाउनको लागि खानेपानी मन्त्री मणि थापा, रामेछापका संघीय सांसद श्याम कुमार श्रेष्ठ र बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको विशेष पहलमा दुई वटा खानेपानी आयोजना यसै आर्थिक बर्षबाट अगाडि बढन लागेको छ ।
बजेट विनियोजन भएर पनि दुई बर्षदेखि कार्यान्वयन हुन नसकेको दुई खानेपानी आयोजनाको लागि बजेटको सुनिश्चितता भएसँगै गेलुवासी खुसी भएका छन् ।
गेलु लिफ्ट खानेपानीको लागि ४ करोड र नागिला लिफ्ट खानेपानीको लागि ३ करोड रकम सुनिश्चित भएको पहलकर्ता सागरहरि अधिकारीले बताए ।
खानेपानी आयोजना अगाडि बढाउनको लागि बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाल, एमालेका नेता रत्न गौतम, वडा अध्यक्ष कृष्णहरि अधिकारी, प्रकाश कुमार कार्की, सागरहरि अधिकारीले पहल गरेका थिए ।
अर्थ मन्त्रालयको शाखा अधिकृत इन्दिरा दाहालद्धारा हस्ताक्षर गरिएको पत्रमा भनिएको छ–दुवै लिफ्ट खानेपानी आयोजनहरु केन्द्रीय खानेपानी आयोजनाबाट हटाई प्रदेश सरकार मार्फत कार्यान्वयन हुने निर्णय भएकोले भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेशबाट माग भएको थप बजेटको सीमा ननाघ्ने गरी ७ करोड थप बजेट वित्तीय हस्तान्तरणका लागि अनुरोध भइ आएको विषय पेश हुँदा संघीय आयोजनाको रुपमा रहेका दुई आयोजनालाई प्रदेशमा हस्तान्तरण गरेको जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया