माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय अझै भएन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सरकारलाई दिएको समर्थन फिर्ता नलिई बुधबारसम्मलाई स्थगित भएको छ । बैठकको कार्यसूचीमा सरकारलाई दिएको समर्थन फिर्ता लिने रहे पनि यसबारे निर्णय नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

सरकारलाई दिएको समर्थन कागजमा मात्र फिर्ता लिन बाँकी रहेको भन्दै श्रेष्ठले यसबारेमा बुधबारको बैठकले निर्णय गर्ने जानकारी दिए । बैठकमा अध्यक्ष प्रचण्डले केपी ओलीको नेतृत्वको सरकार अपदस्थ गर्नुको विकल्प नरहेको ब्रिफिङ गरेको श्रेष्ठले बताए ।

माधव नेपालमाथिको कारवाहीलाई कानुनीरूपमा रोक्न सभामुखले गर्नसक्ने पहलबारे समेत छलफल भइरहेको बताएको एक नेताले जानकारी दिए ।

चुनाव घोषणा हुने तर चुनाव नहुने अवस्थामा देशलाई जान नदिन आफूहरू सुविचारित ढंगले अघि बढेको र कांग्रेस तथा जसपासँगको समझदारी अनुसार कदम चाल्ने श्रेष्ठको भनाइ छ ।
बैठकले संसदको अधिवेशन हठात अन्त गरिएको भन्दै सरकारको आलोचना गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया