संकट व्यवस्थापन गर्ने खालको जनचेतनामूलक कार्यक्रम चलाउन मन्त्री गुरुङको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड –१९ संकट व्यवस्थापन हुने गरी जनचेतनामूलक कार्यक्रम सञ्चालनमा केन्द्रित हुन काठमाडौंँ महानगरपालिकालाई आग्रह गरेका छन् ।

नेपाल सरकारका प्रवक्ता गुरुङले बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यसँग भेटी काठमाडौं देशकै केन्द्र भएकाले कोभिड –१९ संकट व्यवस्थापन हुने गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न अनुरोध गरे ।

कामपाले कोभिड संक्रमितको उपचार र  पीडितको राहतका लागि गर्दै आएको कामको प्रशंसा गर्दै मन्त्री गुरुङले जनस्तरमा भ्रम फैलाई त्रास बढाउने खालका गतिविधि हुन नदिन सबै स्थानीय तहले सचेत भएर काम गर्नुपर्ने  औंँल्याए। उनले कोभिडका कारण पीडामा परेकाहरुलाई राहत दिने कामलाई अझै प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिए ।

कामपा प्रमुख शाक्यले संक्रमितको उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, सैनिक अस्पताल र नेपाल प्रहरी अस्पतालमा आवश्यक शय्यासहितको व्यवस्था गरिएको बताए ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया