टोकियो । जापान सरकारले तोकुतेइ गिनोउ अन्तर्गत नेपालबाट कामदार ल्याउनको लागि खाद्य सेवा उद्योगमा परीक्षा खुलाएको छ । खाद्य सेवा उद्योग कौशल दक्षता अर्थात् भोजनालय व्यवसायको परीक्षा दिन चाहनेहरुका लागि मे १० तारिख सूचना जारी गरिएको छ ।
प्राविधिक कुशल शिक्षा वा खाद्य उद्योगमा विदेशी कामदारहरूको लागि संगठन (OTAFF) ले सार्वजनिक गरेको सूचना अनुसार परिक्षा जुलाई महिनामा गरिने भएको छ ।
जस अन्तर्गत नेपालमा परिक्षा दिन चाहानेहरुका लागि यही मे महिनाको अन्त्यतिर विस्तृत परीक्षा तालिकाको विवरण सार्वजनिक गरिने भएको छ ।
हाल सार्वजनिक विवरण अनुसार भने परीक्षा आगामी जुलाई ११ तारिखबाट राजधानी काठमाडौंमा भोजनालयको लागि सिप परीक्षा सुरु हुनेछ । यसबारेको विस्तृत जानकारी यस लिंकमा विस्तृत विवरण यसै महिनाको अन्त्यतिर प्रकाशित गर्ने जनाएको छ ।
सन् २०२१ मा तोकुतेइ गिनोउ खाद्य सेवा अन्तर्गत बिदेशमा हुने परीक्षणलाई प्रोमेट्रिक जापान कम्पनी लिमिटेडले संचालन गर्ने भएको छ । जस अन्तर्गत नेपाल सहित ईण्डोनेसिया, फिलिपिन्स, थाईल्याण्ड, कम्बोडियामा पनि तोकुतेइ गिनोउको परीक्षा हुँदैछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया