काठमाडौं । भारतीय जनता पार्टी भाजपाका नेता सुब्रमन्यम स्वामीले नेपालको आन्तरिक विषयलाई लिएर विवादास्पद अभिव्यक्ति दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाएसँगै नयाँ सरकार गठनको तयारी भइरहँदा भाजपा नेता सुब्रमन्यमले सामाजिक सञ्जाल ट्वीटरमार्फत विवादास्पद अभिव्यक्ति दिएका हुन्।
उनले ट्वीटरमार्फत भारतको रोजाइमा केपी शर्मा ओली भएको बताएको छन्। उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्ने दाबीसमेत गरेका छन्।उनले ट्वीट गर्दै भनेका छन्, ‘नेपालबारे मेरो जानकारीमा भएसम्म ओली भारतको रोजाइ थिए। प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्नेछ।’

फेसबुकबाट तपाइको प्रतिक्रिया