मनाङ । जिल्ला अस्पताल मनाङमा तीन दिनदेखि उपचार गराइरहेका कोरोना संक्रमित दम्पतीलाई थप उपचारका लागि पोखराको गण्डकी अस्पताल ल्याइएको छ ।
उनीहरुलाई बुधबार बिहान अल्टिच्युड हेलिकप्टरद्वारा थप उपचारका लागि गण्डकी अस्पताल ल्याइएको हो । हिमाली जिल्ला मनाङमा हाल एकजना विदेशी नागरिकसहित ४२ जना सङ्क्रमित रहेका छन् ।
तस्वीरः नवीन लामिछानेः रासस


फेसबुकबाट तपाइको प्रतिक्रिया